नियम २०
बनस्पतिजन्य र जैविक विषादीको पञ्जीकरण
(१) स्वदेशी मातृ स्रोतमा आधारित वनस्पतिजन्य र जैविक विषादीको उत्पादन; संश्लेषण, भण्डारण, ओसारपसार र बिक्री वितरण गर्नका लागि त्यस्तो विषादी पञ्जीकरण गराउन चाहने व्यक्ति, संस्था वा निकायले देहायका कागजात तथा विवरण संलग्न गरी सम्बन्धित प्रदेशको कृषि सम्बन्धी विषय हेर्ने मन्त्रालय मार्फत वा सिधै केन्द्रमा निवेदन दिनु पर्नेछ:-

(क) निश्चित किरा, रोगका जीवाणु वा. अन्य जीवलाई व्यवस्थापन गर्न प्रभावकारी भएको र प्रयोग गरिने मात्रा सम्बन्धी विवरण,

(ख) जैविक विषादीको ; गुणस्तर सम्बन्धमा मान्यता प्राप्त प्रयोगशालाको परीक्षण प्रतिवेदन;

(ग) बाली संरक्षण. प्रयोगशालामा वा कृषि सम्बन्धी अनुसन्धान संस्था, अध्ययन संस्थान वा -सरकारी फार्म, कृषि ज्ञान केन्द्र बा अन्य निकायबाट अनुसन्धान गरी - राष्ट्रिय वा अन्तरराष्ट्रियस्तरबाट प्रकाशन भएको लेख वा सोधपत्रको आधिकारिक प्रतिवेदन वा कम्तीमा दुई मौसमका बालीमा परीक्षण गरिएको प्रतिवेदन,

(घ) प्याकिङ्ग वा पुनः प्याकिङ्गका लागि कन्टेनरको नमूना,

(ङ) नेपाली भाषामा लेखिएको सूचकपत्र र पर्चा तीन प्रति ।

(२) उपनियम (१) बमोजिम पञ्जीकरणका लागि प्राप्त निवेदनउपर केन्द्रले आवश्यक जाँचबुझ गर्दा उपयुक्त देखिएमा निवेदन प्राप्त भएको मितिले साठी दिनभित्र त्यस्तो जैविक विषादी पञ्जीकरण गरी अभिलेख राख्न सक्नेछ ।